पाकिस्तानलाई हराउँदै अफगानिस्तान एसियाली खेलकुद क्रिकेटको फाइनलमा

अशोज १९, २०८० मा प्रकाशित | 332 views

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।

चीनको हाङझाउमा आज शुक्रवार भएको दाेस्राे सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हरायो । पाकिस्तानले दिएकाे १ सय १६ रनकाे सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायाे । अफगानिस्तानका नूर अली जदरानले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २/२ विकेट लिए ।

अब अफगानिस्तानले फाइनलमा भाेलि शनिवार भारतसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web