महिला कबड्डीमा बङ्लादेश पराजित

अशोज १५, २०८० मा प्रकाशित | 241 views

काठमाडौँ । १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढाएको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो ।

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् ।

नेपालले समूहको अर्को खेल भोलि इरानसँग खेल्नेछ । यस्तै, समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेइ र थाइल्यान्ड रहेका छन् । लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो रहेकोले बङ्लादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ ।

कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने व्यवस्था रहेको छ । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेल तेक्वान्दो, कराँते, उशु, जुडोलगायतमा पदकविहीन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web