काठमाडौँ । १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।
यो प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो भने माल्दिभ्सलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो ।
फाइनल खेल शनिवार हुनेछ ।
20.12¡ÆC