महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

अशोज ५, २०८० मा प्रकाशित | 368 views

काठमाडौँ । १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।

समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्‍याे ।

नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ । त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ ।

चीनको हान्झाउ सहरमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web