प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच न्युयोर्कमा भेट

अशोज ४, २०८० मा प्रकाशित | 804 views

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधवार हिजाे भेटघाट भएको हाे ।

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको छ । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web