पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

अशोज २, २०८० 2023-09-19 मा प्रकाशित
Published at 2023-09-19

231 views

काठमाडौँ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।

चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५-२०, तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-१५ ले पराजित भयाे ।

नेपालले अर्काे खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ ।

एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् । यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् । नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् ।

कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.