भन्सार छलेर ल्याएको आठ सय किलो काजु बरामद

भदौ २६, २०८० मा प्रकाशित
Published at 2023-09-12

99 views

रौतहट । प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे ।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.