एसएलसी परीक्षा : नक्कली परीक्षार्थीलाई एक लाख जरिवाना हुने

बैशाख २१, २०७३ मा प्रकाशित | 671 views

झपा,चैत १६ ।  चैत १८ गतेदेखि सुरु हुन लागेको यस बर्षको प्रबेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिएको पाइए रु एक लाखसम्म जरिवाना हुने भएको छ।  जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने, परीक्षा केन्द्रमा अनधिकृत प्रवेश गर्ने र परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९ बमोजिम कारबाही गर्ने बताए। 
 
उनले परीक्षालाई अमर्यादित तुल्याउने जो कोहीलाई कसुरको मात्रा हेरी रु एक लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय गर्ने बताए।  परीक्षाका लागि जिल्लामा जम्मा ५२ वटा परीक्षा केन्द्र कायम गरिएको बताइएको छ। सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र परीक्षाका लागि आबश्यक प्रश्नपत्रको सुरक्षित व्यवस्थापन भइसकेको जिशिअ लुइँटेलले बताए। 
 
यस बर्ष झापाका २९३ विद्यालयमा सामुदायिक ११०, संस्थागत १७६, भुटानी शरणार्थी शिबिर दुई, प्राबिधिक धार तीन तथा खुला विद्यालयका दुई गरी कुल १६ हजार ९७९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। 
 
यसमध्ये नियमिततर्फ १३ हजार ४९७ मा छात्र छ हजार ४५६, र छात्रा सात हजार ४१ जना रहेका छन्। यता आंशिकतर्फ तीन हजार ४८२ मा छात्र एक हजार १९७ र छात्रा दुई हजार २८५ जना परीक्षामा सामेल हुने जिशिअ लुइँटेलले बताए। 
 
जिल्लाभर सामुदायिक विद्यालयतर्फ १० हजार ३७६, संस्थागततर्फ छ हजार १२०, भुटानी शरणार्थी शिविरका १३५, खुल्लातर्फ २६७, प्राविधिक धारतर्फ ८१ जना परीक्षार्थी छन्। 
 
अपाङ्गतातर्फ दृष्टिविहीन चारजना (नियमित दुई र आंशिक दुईजना) र सुस्तःश्रवणतर्फ आठजना (नियमित पाँच र आंशिक तीनजना) परीक्षार्थी रहेको बताइएको छ। रासस 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web