पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन

भदौ १८, २०८० मा प्रकाशित | 275 views

काठमाडौँ, १८ भदौ । नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np को उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उहाँले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताउनुभयो । उहाँले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको पहुँचमा पु¥याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिकरूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण सङ्कलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमितरूपमा अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताका बारेमा जानकारी दिनुभएको थियो ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचितरूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिकोे निर्णयबमोजिम वेबसाइट निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web