गोसाइँकुण्डमा टेलिफोन सेवा सञ्चालन

भदौ १३, २०८० मा प्रकाशित | 334 views

काठमाडौँ । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ ।

गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु जि प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पु¥याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इञ्जिनियर मोहन आचार्यले उहाँको निजी खर्चबाट एक टनभन्दा बढी परिमाणको ती उपकरण ढुवानी गरी जनहितमा सहयोग गर्नुभएको हो ।

अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ ।

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ ।

सांसद आचार्यमार्फत् गोसाइँकुण्डमा सामान ढुवानी हुँदासाथ आठ प्राविधिकले जडान गरेको र मेला अवधिका लागि भने जेनेरेटरबाट ब्याट्री चार्ज हुने जनाइएको छ ।

यही भदौ १० गते अपराह्नदेखि जडान सम्पन्न उपकरणले निर्बाध सेवा दिन थालेको प्राविधिकले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web