महिला विश्व कप फुटबलमा अस्ट्रेलिया र स्वीडेन खेल्दै

भदौ २, २०८० मा प्रकाशित | 355 views

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । यो खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

महिला विश्व कप फुटबलको फाइनल खेल भोलि हुनेछ । उपाधिका लागि इङ्ग्ल्यान्ड र स्पेन खेल्नेछन् । बुधवार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड र मङ्गलवार भएको खेलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका हुन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web