इंग्ल्यान्ड र अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

साउन २७, २०८० मा प्रकाशित | 241 views

काठमाडौँ । फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई हरायो । खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए ।

यस्तै आजै भएको खेलमा कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएकी थिइन् ।

तर, पहिलो हाफको अन्तिममा लुरेन हेम्पले र ६३ औँ मिनेटमा अलेसिया रुसोले गोल गरेर इंग्ल्याण्डलाई विजयी गराइन् ।

योसँगै महिला विश्वकप २०२३ को सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web