काठमाडौँ । जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।
आज शुक्रवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे क्वाटरफाइनल खेलमा सन् २०११ काे च्याम्पियन जापानलाई २–१ गाेलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेकाे हाे । स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गाेल गरिन् । जापानका लागि हाेनाेका हयाशीले १ गाेल फर्काइन् । जापानले खेलकाे ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गाेल गर्न सकेन ।
यस्तै आज बिहान भएकाे पहिलाे क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गाेलले हराउँदै स्पेन पहिलाे पटक सेमिफाइनलमा पुगेकाे छ ।
चार पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।
28.12¡ÆC