काठमाडौँ । माेरक्काेलाई हराउँदै फ्रान्स फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।
मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा फ्रान्सले माेरक्काेलाई ४–० गाेलले हरायाे । पहिलाे हाफमा ३ गाेल गरेकाे फ्रान्सले दाेस्राे हाफमा १ गाेल थप्याे । फ्रान्सका लागि यूजिनी ले साेमेरले २ तथा कदिदियाताे दियानी र केन्जा डलीले १/१ गाेल गरिन् ।
याे खेलसँगै अन्तिम ८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेकाे छ । आयोजक अस्ट्रेलियासहित इङ्ग्ल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । क्वाटरफाइनलका खेल आउँदाे शुक्रवारदेखि शुरु हुनेछ ।
क्वाटरफाइनलमा स्पेनले नेदरल्यान्ड्स, जापानले स्विडेन, अस्ट्रेलियाले फ्रान्स र इङ्ग्ल्यान्डले काेलम्बियासँग खेल्नेछ ।
21.12¡ÆC