स्विडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

साउन २१, २०८० मा प्रकाशित | 215 views

काठमाडौँ । ४ पटककाे च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५–४ गाेलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अमेरिका सन् १९९१, १९९९, २०१५ र २०१९ काे विजेता हाे । स्विडेनले भने एकपटक पनि उपाधि जित्न सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web