काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ ।
आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो । नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्।
स्वीडेन समूह ‘जी’ को विजेता र अमेरिका समूह ‘ई’ को उपविजेता हो । साथै अमेरिका अघिल्ला दुई संस्करणको महिला विश्व कपको उपाधि विजेता टोली पनि हो । न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
27.12¡ÆC