प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

साउन १९, २०८० मा प्रकाशित | 278 views

काठमाडौँ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुनुभएकाे छ ।

बिहीवार बसेकाे संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयाे । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुहुन्छ ।

अब संसद्‌को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि उहाँले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नु हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल पर्सि शनिवार सकिँदै छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिला गरी परिषद्को बैठक बसेकाे हाे ।

यस्तै संवैधानिक परिषद्काे बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्राेत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web