फ्रान्स र जमैका अन्तिम १६ मा, ब्राजिल बाहिरियो

साउन १७, २०८० मा प्रकाशित | 293 views

काठमाडौँ । फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् ।

आज बुधवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा फ्रान्सले पनामालाई ६–३ गाेलले हरायाे । फ्रान्सका लागि कदिदियाताेउ दियानीले ह्याट्रिक गरिन् । यस्तै मेली लकरार, लिया ली र विकी बेचाेले १/१ गाेल गरिन् ।पनामाका लागि मार्टा काेक्स, याेमिरा पिन्जाेन र लिनेथ सिडेनाेले गाेल गरिन् । याे खेलमा ३ वटा पेनाल्टी दिइएकाे थियाे ।

याे जितसँगै फ्रान्स ७ अङ्कसहित समूह ‘एफ’ काे विजेता बनेकाे छ । पनामा अङ्कविहीन हुँदै पुछारमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

यस्तै आजै यही समूहकाे अर्काे खेलमा ब्राजिलसँग गाेलरहित बराबरी खेल्दै जमैका अन्तिम १६ मा पुगेकाे छ । जमैका ५ अङ्कसहित समूहकाे उपविजेता बन्दा ब्राजिल ४ अङ्कसहित तेस्राे स्थानमा रहेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web