महिला विश्वकप फुटबलमा मोरक्कोले दक्षिण कोरियालाई हरायो

साउन १४, २०८० मा प्रकाशित | 206 views

काठमाडौँ । फिफा महिला विश्वकप फुटबल २०२३ मा माेरक्काेले दक्षिण काेरियालाई हराएकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा माेरक्काेले दक्षिण काेरियालाई १–० गाेलले हरायाे । माेरक्काेका लागि इबतिसम जरिदीले गाेल गरिन् । याे जितसँगै माेरक्काे २ खेलमा ३ अङ्कसहित समूह ‘एच’ काे तेस्राे स्थानमा छ । दुवै खेल हारेकाे दक्षिण काेरिया पुछारमा छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web