फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदै

साउन ८, २०८० मा प्रकाशित | 273 views

काठमाडौँ । फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ ।

नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।

आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी र मोरक्कोबीच खेल हुनेछ ।

यस्तै, बेलुका पौने ५ बजे समूह ‘एफ’ को ब्राजिल र पानामा खेल्दैछन् ।

हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web