नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हरायो

साउन ३, २०८० मा प्रकाशित | 260 views

काठमाडौँ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जाेराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियाेगितामा नेपालकाे याे पहिलाे जित हाे । नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ र दाेस्राे खेलमा भारत ‘ए’ सँग पराजित भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web