बाग्मती प्रदेशसभा भवन अगाडि बाँदर पीडित किसानको प्रदर्शन

असार १४, २०८० मा प्रकाशित | 268 views

मकवानपुर । धादिङका बाँदर पीडित किसानले बाग्मती प्रदेशसभा भवन अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधवार धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न माग गर्दै प्रदेशसभा भवन अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकालगायतका एक सय ५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले किसान मार्न पाइँदैन, बाँदर आतङ्क बन्द गर, प्रदेश सरकार कहाँ छ ? बाँदर पीडित यहीँ छन् लगायतका नारा लगाएका थिए ।

प्रदेशसभा भवन अगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाउनुभएकाे छ । दुई वटा बस ‘रिजर्भ’ गरेर हेटौँडा आइपुगेका किसानले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।

बाँदर आतङ्कको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web