तारकेश्वरमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने तयारी

असार १३, २०८० मा प्रकाशित | 357 views

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन वडातहबाट नै सुरु गर्नको लागी आवश्यक तयारी, त्यससम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण सम्पन्न भएको छ ।

तारकेश्वर गाँउपालिकाको सभाहलमा हिजो मंगलबार नुवाकोटको प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमल थापा, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका इञ्जिनियर अबुद अली, गाँउपालिकाको अध्यक्ष शिव अधिकारी ‘अविरल’, ६ वटै वडाको वडाध्यक्ष, सचिव र वडासदस्यहरु, गाँउपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीहरु लगायत सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको लागी आवश्यक जानकारी सहित तयारी पूरा गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको क्रममा अपनाइने प्रक्रिया, त्यस सम्बन्धिको कानूनी जानकारी सहितको प्रशिक्षणको क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सेवा प्रवाहलाई सरल, सहज र व्यावहारिक पक्ष समेतलाई दृष्टिगत गर्दै अभियानलाई सम्पन्न गर्नको लागी अनुरोध गर्नुभएको छ ।

May be an image of 4 people and dais

उहाँले राष्ट्रिय परिचयपत्र बनाउनको लागी नागरिकता अनिवार्य भएकाले नागरिकता बनाउन बाँकी रहेका नागरिकहरुको लागी समेत नयाँ नागरिकता बनाउन लगाएर अभियानको रुपमा सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण सकलन कार्यक्रमलाई सफल बनाउन तारकेश्वर गाँउपालिकालाई आग्रह गर्नुभएको छ ।

अहिले देशभर अभियानको रुपमा जारी रहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम तारकेश्वर गाँउपालिकामा पनि यो साताको अन्तिमबाट एकैसाथ ६ वटै वडामा विवरण संकलन सुरु गर्न लागिएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलनमा सहभागी भएर सेवाको लाभ लिनको लागी गाँउपालिका अध्यक्ष शिव अधिकारी अविरलले पालिकाबासीलाई अनुरोध गर्नुभएको छ ।

May be an image of 4 people, people studying and text

नुवाकोटमा यसअघि म्यागङ गाँउपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम पूरा भएको छ भने दुप्चेश्वर र किस्पाङ गाँउपालिकामा अभियान जारी रहेको छ ।

यो साताको अन्तिमदेखि तारकेश्वर गाँउपालिकाले सबैवडामा एकै साथ विवरण संकलन सुरु गर्न लागेकाले तारकेश्वरबासीले आ–आफ्नो वडाबाटै सेवा लिन पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web