साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

असार १२, २०८० मा प्रकाशित | 303 views

काठमाडौँ । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।

भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । पाकिस्तान पनि प्रतियाेगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web