छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई जरिबाना

असार ६, २०८० मा प्रकाशित | 328 views

काठमाण्डौ । छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई काठमाण्डौ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ ।

काठमाण्डाै महानगर क्षेत्रभित्र भएका ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५ वटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ वटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताउनुभयो ।

जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उहाँले बताउनुभयो । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web