बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दै

असार १, २०८० मा प्रकाशित | 353 views

बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट आज ल्याउने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङ आज बस्ने प्रदेससभा बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।

बजेटको आकार चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबर रहेकोमा आगामी वर्षका लागी पनि सोही बराबर नै ल्याउन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङले बताउनुभएको छ । यसअघि ल्यााइएको नीति तथा कार्यक्रम अनुसार बजेट निमार्ण गरिएको उल्लेख गरिएको छ ।

तीनतहमा रहेका सरकार मध्ये कानून अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेस सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको लागी नीति तथा कार्यक्रम एंव बजेट ल्याइसक्नुपर्ने भनिएको छ । सोही अनुसार बागमती प्रदेस सहित देशभर रहेका सातवटै प्रदेस सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउन लागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web