ककनी गाँउपालिका वडा नं २ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन

जेष्ठ ३२, २०८० मा प्रकाशित | 279 views

ककनी । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएसगैँ उपचारको लागी काठमाडौतर्फ लैजादै गर्दा ४४ वर्षीय लामाको हिजो बुधबार बिहान निधन भएको हो । उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि डाइलोसिस गराउदै आइरहनुभएको थियो ।

गएको वर्ष भएको स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट ककनी गाँउपालिका वडा नं. २ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली काँग्रेस नुवाकोटको क्षेत्र नं .१ को प्रदेस‘ख’को सदस्यको जिम्मेवारीमा समेत रहनुभएको थियो ।

२ नं. वडाध्यक्ष तिलकबहादुर लामाको निधनमा ककनी गाँउपालिकाले हिजो बुधबार गाँउपालिकाको कार्यालय सहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य सँस्था, शैक्षिक सँस्थामा शोक बिदा दिएको थियो ।

कार्यपालिकाको आकस्मिक बैठकले निर्णय गरेर ककनी गाँउपालिकाले हिजो बुधबार एक दिन शोक बिदा दिएर दिवंगत हुनुभएका वडाध्यक्ष तिलकबहादुर लामाको अन्तिम दाहसँस्कारमा सहभागी हुन ककनी गाँउपालिकको जनप्रतिनिधि र कर्मचारीलाई आह्वान गरिएको थियो ।

मिर्गौला बिरामीबाट पीडित हुनुभएका उहाँलाई मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागी काठमाडौ लैजादै गर्दा बाटोमा नै निधन भएको थियो ।

उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली व्यक्त गर्न अर्थमन्त्री तथा काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत सहित काँग्रेसका नेता–कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक लगायत हजारौँको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web