च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

जेष्ठ २८, २०८० मा प्रकाशित | 261 views

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web