त्रिशूली । रेडियो चिम्टेश्वरको सञ्चालक समितिका कोषाध्यक्ष एंव स्टेशन इञ्चार्ज शक्तिमाया तामाङ बागमती प्रदेस सरकारबाट सम्मानित हुनुभएको छ ।
१६औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेस सरकारले आयोजना गरेको विशेष कार्यक्रममा नुवाकोटमा बसेर एक दशक भन्दाबढी समयदेखि क्रियाशिल रहनुभएका पत्रकार शक्तिमाया तामाङलाई 'प्रदेस गौरव पत्रकारिता' पुरस्कारबाट सम्मानति हुनुभएको हो ।
नुवाकोटमा बसेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएका उहाँ रेडियो चिम्टेश्वर सहित बिबिसी नेपाली सेवामा नुवाकोट, रसुवा र धादिङ कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै समाज रुपान्तरणमा अनुकरणीय योगदान पुराएको भन्दै उच्च मूल्याङ्कनको साथ 'प्रदेस गौरव पत्रकारिता' पुरस्कारबाट सम्मान गरिएको बागमति प्रदेसका सञ्चार रञ्जिष्टार एंव पुरस्कार छनोट समितिका संयोजक रेवती प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
पत्रकार शक्तिमाया तामाङलाई 'प्रदेस गौरव पत्रकारिता' सम्मानपत्र सहित नगद २० हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको छ । 'प्रदेस गौरव' सम्मानपत्र बागमति प्रदेसका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेस सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा विकास पत्रकारिता पुरस्कारबाट चितवनका अनिल ढकाल, बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्नलाई पनि सम्मान गरिएको थियो ।