नेपाल खत्री समाज गुठीबाट नुवाकोटका तीनजना सम्मानित

जेष्ठ १४, २०८० मा प्रकाशित
Published at 2023-05-28

123 views

त्रिशूली । नेपाल खत्री समाज गुठी, नेपालटार, काठमाडौले नुवाकोटका तीन जनालाई सम्मान गरेको छ ।

No description available.

यही शनिबार विदुर नगरपालिका–१० गेर्खुटारमा आयोजित विशेष कार्यक्रमको बीच नुवाकोटका तीनजना बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायणप्रसाद नेपाल, विदुर नगरपालिका वडा नं .७ का वडाध्यक्ष रबिन्द्र नेपाल र वडा नं. १० गणेशकुमार नेपाललाई सममान गरिएको हो । नेपाल बंशजमा जन्म भएर समाजसेवामा पुराएको योगदानको प्रशंसा गर्दै नुवाकोटका तीनजना राजनीतिज्ञ तथा युवा सेमाजसेवी युवाहरुलाई नेपाल खत्री समाज गुठीले सम्मान गरेको हो ।

नेपाल बंशजमा रहेर नुवाकोटमा नेपाल बन्धुहरुको शीर उच्च राख्ने काममा आगामी दिनहरुमा पनि निरन्तर लाग्नको लागी प्रेरणाा जगाउन सम्मान गरिएको नेपाल खत्री समाज गुठीका केन्द्रीय अध्यक्ष श्रीकृष्ण नेपाल खत्रीले जानकारी दिनुभएको छ ।

सम्मानित हुनुभएका व्यक्तिहरुमा नारायणप्रसाद नेपाल झिल्टुङ नेपाल समाजका अध्यक्ष, नेकपा माओवादी केन्द्रको प्रदेस कमिटी सदस्य सहित लेखक तथा पत्रकार हुनुहुन्छ भने रबिन्द्र नेपाल र गणेशकुमार नेपाल नेपाली काँग्रेसमा आबद्ध रहदै अहिले विदुर नगरपालिकामा निर्वाचित वडाध्यक्षको जिम्मेवारी बहन गदै आउनुभएको छ । रबिन्द्र नेपाल यसअघि वडासदस्य भएर हाल वडाध्यक्ष सहित विदुर नगरपालिकाको प्रवक्ता हुनुहुन्छ भने गणेशकुमार नेपालले एक कार्यकाल पूरा गरेर दोश्रो कार्यकालको वडाध्यक्षको जिम्मेवारी पूरा गर्दै आउनुभएको छ ।

No description available.

कार्यक्रममा नेपाल खत्री समाजका प्रबुद्द व्यक्तिहरू, नेपाल वंश परिषदका सदस्य कलाकार उत्तम नेपाल केसी लगायतको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्षहरू रविन्द्र नेपाल, गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालले नेपाल वंशको उद्गम थलोको रुपमा रहेको झिल्टुङ र नुवाकोटका पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागि सामुहिक सक्रियता र भूमिका आवश्यक रहेको बताउनुभयो ।

No description available.

गुठिका अध्यक्ष श्रीकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मदनकृष्ण नेपालको सहजिकरण रहेको थियो । उक्त कार्यक्रममा समाजका जेष्ट सदस्य कुलकुमारी नेपाललाई विशेष सम्मान गरिएको थियो ।

No description available.

यसैबीच, नेपाल खत्री समाज तारकेश्वरले नुवाकोट दरबार, बेत्रावती, देविघाट, गेर्खुटार, झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण शनिबार सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.