काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा गाडी भाडा घट्यो

जेष्ठ १२, २०८० मा प्रकाशित | 240 views

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ ।

पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web