जलश्रोत तथा सिचाई डिभिजन नुवाकोटको लागी ६ वटा योजना थपियो

जेष्ठ १०, २०८० मा प्रकाशित
Published at 2023-05-24

168 views

त्रिशूली । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोट मार्फत कार्यान्वयन गराउन ६ वटा योजना थप भएको छ । बागमती प्रदेश सरकारबाट नुवाकोटको लागी विभिन्न ५ वटा सिचाई र एकवटा वस्ती संरक्षणको लागी थप योजना सहित बजेट प्राप्त भएको डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभएको छ । उहाँको अनुसार थप भएको छवटा योजनाको लागी ७५ लाख प्राप्त भएको छ ।

अहिले थपिएका योजनाको सम्बन्धित लाभग्राही उपभोक्ता किसानलाई जानकारी गराएर कार्यान्वयनको प्रक्रियातर्फ अघि बढ्न थालिएको छ । थप भएका योजनाहरु अत्यावश्यक देखिएका स्थान र माग अनुसार प्राप्त भएकाले लाभग्राही किसानलाई लाभ पुग्ने गरेर गुणस्तरीय काम गर्न तथा गराउनतर्फ डिभिजन कार्यालय लागिरहेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

No description available.

यो साता मात्रै थप भएका योजनाहरु मध्ये तादी बोक्से बसेरीँ सिचाई योजना दुप्चेश्वर गाँउपालिका, डुडेमुहान हुदैँ बगुवा–चनौटे सिचाई योजना सूर्यगढी गाँउपालिका, शेराफाँट सिचाई योजना विदुर नगरपालिका, अधेँरी–सुकौने–चमानीडाँडा–कोकेगाँउ–घलेगाँउ–तल्लोखेत सिचाई योजना किस्पाङ गाँउपालिका, बालुवाबगर सिचाई योजना बेलकोटगढी नगरपालिका र चौघडाबजार तादी खोला संरक्षण लिखु गाँउपालिकाको लागी योजना थप भएर आएको हो ।

थपिएका योजनाहरु सम्बन्धित क्षेत्रका लाभग्राही किसानको भेला मार्फत गठन गरिने उपभोक्ता समिति मार्फत सम्झौता गराएर कार्यान्वयन गर्न लागिएको छ ।

नुवाकोटको लागी यसअघि बागमती प्रदेस सरकारबाट २६ करोड ५९ लाखको एकसय ३० हाराहारिका योजना कार्यान्वयन भइरहेकोमा अहिले यही आर्थिक वर्षभित्र कार्यान्वयन गराउन थप ६ वटा योजना प्राप्त भएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

नुवाकोट जिल्लाभर कार्यक्षेत्र रहेको डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा संघीय र प्रादेशिक समेत गरेर ३३ करोड ५ लाख रुपैयाँ लागतको एकसय ५० वटा हाराहारीका योजना कार्यान्वयन गरिरहेको छ ।

डिभिजन कार्यालयले सिचाई कुलोको सुद्धिढिकरण, नयाँ निर्माण, स्तरउन्नती तथा मर्मतसम्भार सहित नदी तथा खोलाले पु¥याएको कटान नियन्त्रण तथा जोखिममा परेको वस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नविकरणीय उर्जा, उर्जाको पुर्नप्रयोग लगायतका कार्यक्रम सहित आपतकालीन सेवा अन्तरगत तारजाली वितरण सहितको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.