अबको ३ दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

जेष्ठ ९, २०८० मा प्रकाशित
Published at 2023-05-23

224 views
काठमाडौँ । आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । दिउँसोको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसमविद् झाले बताउनुभयो । उहाँका अनुसार अहिले प्रि-मनसुन सक्रिय भएको छ । यस्तै, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव समेत रहेको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.