डिजल र मट्टीतेलको भाउ लिटरमै १० रुपैयाँले घट्यो

जेष्ठ ३, २०८० मा प्रकाशित | 256 views

काठमाडौँ । सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले मङ्गलवार रातिदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web