त्रिशूली । मंगोल नेशनल अर्गनाइजेसन नुवाकोटको तेस्रो जिल्ला भेलाले उमा तामाङको नेतृत्वमा १९ जना रहेको नयाँ कार्य समिति निर्विरोध चयन भएका छन् ।
हिजो शनिबार कोलनीमा भएको तेश्रो जिल्ला भेलाले अहिलेको अध्यक्ष प्रतीक्षा तामाङलाई जिल्ला सल्लाहकारको जिम्मेवारी दिदै जिल्ला अध्यक्ष उमा तामाङलाई बनाएको हो ।
यस्तै, भेलाले सचिवमा सुरेन्द्र तामाङलाई सहसचिवमा जीवन तामाङ, कोषाध्यक्षमा रेन्छेन तामाङ, प्रचार सचिबमा कर्म तामाङलाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा प्रतिमा तामाङ, विष्णु तामाङ, मम्बिल तामाङ, श्रीमाया तामाङ, सन्तबहादुर तामाङ, मधु तामाङ, प्रदीप तामाङ, रामबाबू राई रहेका छन् । यस्तै, अन्य सदस्यहरुमा कल्पना तामाङ, सुर्यमान तामाङ, राजेश राई, जुनु तामाङ चयन भएका छन् ।
28.81¡ÆC