मानिस र फोहोर एकै ठाँउमा राख्न हुन्न भन्दै आन्दोलन

बैशाख २४, २०८० मा प्रकाशित | 372 views

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका साथै धादिङको धुनीवेशी नगरपालिकाले संयुक्त पत्रकार सम्मेलन गरी फोहोरमैला ब्यवस्थापनमा सामुहिक चासो देखाएका हुन् ।

No description available.

 

राजधानीको फोहोरमैला विसर्जनस्थल बञ्चरेडाँडाको कुडुलेमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै तिन स्थानीय तहले फोहोरमैला ब्यवस्थापनका लागि काठमाण्डौं सहित १८ वटा पालिकाको ध्यानाकर्षण गराएका हुन् ।

No description available.

तीनवटा स्थानीय तहले फोहोरमैलाको वैज्ञानिक ब्यवस्थापन, प्रभावित नागरिकको उचित ब्यवस्थापन र यसअघि भएका सम्झौताहरुको पालना गर्न ध्यानार्षण सहतिका तिनवुँदे माग राखेका छन् ।

No description available.

शान्तिपूर्ण रुपमा शुरु गरिएको मागको सुनुवाई नभए आफूहरु जुनसुकै हदसम्म पनि जान तयार रहेको ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले बताए । बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले ल्याण्डफिल्ड साईड परिसर मात्र नभएर फोहोरको दुर्गन्ध र यहाँवाट निस्कने फोहोर पानी लिच्चडले यहाँ आसपासका हजारौं नागरिक प्रभावित भईरहेको वताए ।

No description available.

फोहोर र मानिस एकै ठाउँमा रहन नसक्ने भएकोले यसको उचित ब्यवस्थापन गर्न तामाङले माग गरेका छन् र यस्तै पत्रकार सम्मेलनमा बोल्दै धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले शान्तिपूर्ण रुपमा स्थानीय नागरिकले राखेका मागहरु पूरा नगरेकोले बाध्य भएर स्थानीय सरकार नै स्थानीय सरकारको विरुद्ध आन्दोलनमा उत्रनुपरेको वताए ।

No description available.

यसअघि आफ्ना माग राखेर प्रदर्शन गरेका स्थानीय नागरिकलाई हालसम्म पनि काठमाण्डौं महानगरपालिकाले मुद्धा चलाईरहेकोमा उनले आपत्ति जनाए । सहरी विकास मन्त्रालयले करिब १ अर्ब लागतमा बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाएको हो । नेपालमै फोहोर व्यवस्थापन गर्ने सबैभन्दा ठूलो परियोजनाको रुपमा यो ल्याण्डफिल्ड साईड निर्माण भएको हो ।

यहाँ फोहोरवाट निस्कने तरल पदार्थ लिच्चड पोखरी, फिल्टर पुल लगायतका पूर्वाधार बनाईएका छन् । सहरी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्ने र फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिने छ । तर, फोहोरमैला जथाभावी विसर्जन जारी रहेकोले दिर्घकालसम्म यहाँ फोहोर ब्यवस्थापन हुन नसक्ने देखिएको फोहार व्यवस्थापनमा निरन्तर आवाज उठाउदै आउनुभएका अभियन्ता तथा नेकपा माओवादी केन्द्रका बागमति प्रदेस कमिटी सदस्य नारायणप्रसाद नेपालले बताए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web