त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।
दुप्चेश्वर गाँउपालिका वडा नंं.६ समुन्द्रटारमा निर्माण गरिएको भवनको हिजो शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गर्नुभएको हो ।
यसअघिको जनप्रतिनिधि योविन्द्रसिंह तामाङको कार्यकालमा दुई करोड ४४ लाखमा ठेक्का लगाइएको भवनको उद्घाटन गरेसगैँ यसअघि भाडाको घरबाट सेवा दिदै आएको गाँउपालिका अब आफ्नै भवनमा स्थान्तरण हुने भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ, प्रदेससभा सदस्यहरु राधिका तामाङ, रामप्रसाद ढुङ्गाना, संबिधानसभा सदस्य तथा काँग्रेस नेता जगदिश्वरनरसिंह केसी सहित नुवाकोटको विभिन्न स्थानीयतहको जनप्रतिनिधिहरुको सहभगिता रहेको दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभएको छ ।
27.92¡ÆC