बुद्धजयन्तीमा लुम्बिनीमा बृहत् शान्ति र्‍याली

बैशाख २२, २०८० मा प्रकाशित | 265 views

काठमाडौँ । २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्‍याली निकालिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।

औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिएको थियाे।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुख, कुटनीतिक नियोग, विदेशी पाहुना लगायतकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web