विद्यार्थी भर्ना शुल्कमा भएको मनोमानीबारे मन्त्रालयको ध्यानाकर्षण

चैत्र २८, २०७९ मा प्रकाशित | 258 views

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले स्वीकृत गरिदिएको सीमाभित्र रहेर तोकिएका शीर्षकहरूमा मात्रै शुल्क लिन पाउने विषयलाई स्मरण पनि गराएको छ ।

सबै विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा अभिभावकलाई जानकारी गराउनुपर्ने, अभिभावकले शुल्कको विषयमा प्रश्न गर्न पाउने र चित्त नबुझेमा पालिकामा गुनासो गर्ने अभ्यासको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web