सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन साहको घोषणा

चैत्र २५, २०७९ मा प्रकाशित | 374 views

काठमाडौँ । ठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबार परिसरको फोहर नउठाउने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहर नउठाउने बताउनुभएको हो ।

मेयर शाहले लेख्नुभएको छ,‘आजदेखि सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडाेलमा डम्प गर्नुपर्ने हुन्छ।’

मेयर शाहको स्टाटसपछि एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको सङ्केत गर्नुभएको छ ।

जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web