काठमाडौँ । नुवाकोटको म्यागङ गाँउपालिकाको आयोजनामा ‘अन्तर पालिकास्तरीय प्रथम म्यागङ अध्यक्ष कप भलिबल प्रतियोगिता’ हुने भएको छ ।
आगामी बैशाख ८ गतेदेखि १२ गतेसम्म सामरी स्थित जालपादेवी मन्दिर खेल मैदानमा “गाँउपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता” सञ्चालन गर्न लागिएको गाँउपालिकाको अध्यक्ष आशा तामाङले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई २ लाख रुपैयाँ, दोश्रो हुने समूहलाई एक लाख रुपैयाँ र तेश्रो हुने समूहलाई ५० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
‘खेल क्षेत्रको विकास सहित जिल्लामा भलिबल खेल र खेलाडीको उत्पादन, प्रबद्र्धन तथा विस्तारको लागी’ यस वषदेखि जिल्लाकै अहिलेसम्मकै सबैभन्दा धेरै नगद रुपैयाँ पुरस्कार रहेको प्रतियोगिता सञ्चालनमा ल्याइएको म्यागङ गाउँपालिकाको उपाध्यक्ष सिता तामाङले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रतियोगितिाको लागी नुवाकोटमा रहेका स्थानीयतहलाई टिम दर्ता गराउनको लागी आह्वान गरिएको छ । टिम दर्ताको लागी पालिका भन्दा बाहिरका ३ जना खेलाडी समेतलाई समावेश गराउन पाउने खेलको नियम बनाइएको म्यागङ गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश सिङदनले जानकारी दिनुभएको छ ।
नुवाकोटमा यसअघि तादी गाँउपालिकाको आयोजनामा पहिलो हुनेलाई एक लाख ५० हजार पुरस्कार राशी रहेको ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ भएसगैँ त्यो भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता म्यागङ गाँउपालिकाले सञ्चालन गर्न लागेको हो ।

24.12¡ÆC