जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोट सम्मानित भएको छ ।
नुवाकोट जिल्लाभरमा उत्कृष्ट सेवा प्रवाह गरेको विकास निर्माणका गतिविधिहरु सञ्चालनमा समन्वययात्मक भूमिका निर्वाह गर्न महत्वपूर्ण योगदान पुराएको भन्दै जिल्ला समन्वय समिति नुवाकोटको आइतबार विदुरमा आयोजित छैठौ जिल्लासभा मार्फत डिभिजन कार्यालय नुवाकोट सम्मानित भएको हो ।

सम्मानित भएको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एंव नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले दोसल्ला ओढाएर प्रशंसापत्र सम्मान गर्नुभएको छ ।

यस्तै, कार्यक्रमको विशेष अतिथी प्रदेससभा सदस्य राधिका तामाङ रामप्रसाद ढुङ्गाना, सभापति जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी लगायतका स्थानीयतहका प्रमुख, उपप्रमुखहरुबाट उच्च प्रशंसा सहित बधाई दिइएको छ ।




नुवाकोटको दुप्चेश्वर गाँउपालिका–५ निवासी हरिप्रसाद गुरागाई डिभिजन प्रमुख रहनुभएको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा नुवाकोटमा करीब २३ करोड रुपैयाँ हाराहारीको योजना जिल्लामा कार्यान्वयनमा ल्याउनुभएको थियो भने चालु आर्थक वर्षमा ३३ करोड ५ लाख रुपैयाँ हाराहारीको योजना तथा कायक्रम सञ्चालनमा रहेको छ ।
योजना तथा कार्यक्रम सञ्चालनमा गुणस्तरीय, पारदर्शी, कार्यालयमा ग्रामीण क्षेत्रका किसानहरुको सहज पहुँच, कार्यक्रम कार्यान्वयन तथा अनुगमन एंव लाभग्राही उपभोक्तासंग डिभिजन प्रमुख हरिप्रसाद गुरागाईबाट आफै कार्यक्षेत्रमा खटिएर पुराउदै आएको योगदान र समन्वयात्मक भूमिकाले जिल्लामा नै उत्कृष्ट कार्यालयको रुपमा सम्मानित हुन सफल भएको हो ।
25.51¡ÆC