नुवाकोटका सहकारी सँस्थाका प्रतिनिधिलाई नेतृत्व विकास तालीम

चैत्र १८, २०७९ मा प्रकाशित | 531 views

त्रिशूली । ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नुवाकोटमा रहेका सहकारी सँस्थाका प्रतिनिधिहरुलाई “सहकारी सँस्थाको विकासमा नेतृत्वको भूमिका विषयक” गोष्ठि गरिएको छ ।

जिल्ला सहकारी संघ नुवाकोटले ६६औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना र राष्ट्रिय सहकारी बैंक लिमिटेड विदुरको सहआयोजनामा गरिएको गोष्ठिमा सहकारी सँस्थासंग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिएको छ भने उत्कृष्ट सहकारी, सञ्चालक र सहकारी अभियन्तालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा सहकारी विज्ञको रुपमा कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत सहसचिव कृष्णप्रसाद पुडासैनीले ‘सहकारी सँस्थाको विकासमा नेतृत्वको भूमिका’मा पेश गर्नुभएको कार्यपत्रमा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण श्रेष्ठले टिप्पणी तथा सुझाब पेश गर्नुभएको थियो भने राष्ट्रिय सहकारी बैंकका सञ्चालक धुर्वराज विष्टले पेश गर्नुभएको ‘सहकारी सँस्थाको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष बैकुण्ठ मिश्रले टिप्पणी तथा सुझाब पेश गर्नुभएको थियो ।

May be an image of 4 people, people sitting, people standing and indoor

No photo description available.

यस्तै, पायोनियर एशोसियट्स प्रालीका सन्दिप रानाभाटले ‘सहकारीमा डिजिटलाइजेशन’ शिर्षकको कार्यपत्रमा सहकारी सँस्थालाई अनलाईन प्रविधि र आधुनिक संरचनातर्फ समावेश हुदाँको फाइदा एंव उपयोगितालाई प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएका विदुर नगरपालकाको नगरप्रमुख राजन श्रेष्ठले गोष्ठिको शुभारम्भ गर्दै राज्यको तीन खम्बे अर्थ नीति अन्तरगत सहकारी सँस्था पनि एक भएकाले सहकारी मार्फत समाजमा आर्थिक रुपान्तरण, महिला सशक्तिकरण तथा उद्यम विकास देखि बचतको बानी बसाल्न पुराएको योगदानको प्रशंसा गर्नुभएको छ ।

May be an image of 5 people, people standing and text that says 'सहकारीको दिगोपन: स्वनियमन सुशासन" GoOp ६६ औ राष्ट्रिय सहकारी दिवस सहकारी संस्थाको विकासमा नेतृत्वको २0७੯ भूमिका विषयक गोष्ठी ৭७ चैत्र. २०७ आयोजक ६६ औ राष्ट्िय सहकारी दिवस समारोह समिति नुवाकोत सह आयोजक सहकारी बैक ल. विदुर o'

केही सहकारी सँस्थामा समस्या देखिएको भएपनि सहकारीको नीति र सिद्धान्त अनुसार सञ्चालन प्रक्रियामा रहदाँ त्यसमा पनि सुधार हुने विश्वास व्यक्त गर्दै सहकारीलाई उद्देष्य अनुरुप बचत तथा ऋणको कारोबार गर्ने मात्र नभई, साना तथा मझौला उद्योग स्थापना गर्नतर्फ केन्द्रित हुन उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै, घरेलु तथा हस्तकलाको उद्यमी बनाउन, ब्यापार व्यावसायदेखि आर्थिक उपार्जन हुने शिर्षकको खर्चमा सघाउ पुराउन तथा सहकारीमा आबद्ध भएका सदस्यहरुको दैनिक जीवनको सारथी बन्नको लागी नगरप्रमुख राजन श्रेष्ठले सुझाब दिनुभएको छ ।

हरेक वर्ष चैत २० गते सहकारी स्थापना दिवस मनाइने भएपनि जिल्ला सहकारी संघले दिवस लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको सघका अध्यक्ष गोकर्णनाथ न्यौपाने (गजेन्द्र)ले जानकारी दिनुभएको छ ।

May be an image of 4 people, people standing and indoor

यसैबीच, पाच हजार रुपैयाँ राशी रहेको यो वर्षको सहकारी छात्रवृत्ति च्वाडीपब्लिक मावि विदुर नगरपालिका वडा नं .५ माझीटारमा कक्षा १२ मा अध्ययरत सबिना राईलाई प्रदान गरिएको छ भने सहकारी अभियन्ता सम्मान जिल्ला सहकारी संघका पूर्वअध्यक्ष बैकुण्ठ मिश्रलाई प्रदान गरिएको छ ।

No description available.

यस्तै, उत्कृष्ट सहकारी सञ्चालकमा बट्टार सहकारीका सञ्चालक बिजयमानसिंह डंगोललाई, उत्कृष्ट व्यवस्थापकमा काफलगेडी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक यमनाथ भट्टलाई र उत्कृष्ट प्रारम्भिक सहकारी सँस्थाबाट शिवालय बचत तथा ऋण सहकारी सँस्था ककनीलाई सम्मान गरिएको जिल्ला सहकारी संघका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

May be an image of 17 people, people standing and indoor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web