त्रिशूली । आज शुक्रबारदेखि सुरु हुन लागेको एसइईमा यसवर्ष नुवाकोटमा करीब चार हजार ३०० विद्यार्थीले परीक्षा दिने भएकाले सोही अनुसारको तयारी मिलाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख देवकुमार बरालको अनुसार परीक्षा दिनको लागी चार हजार ३०१ जनाले परीक्षा फाराम भरेको भएपनि चार जना विद्यार्थी नियमित विद्यालय नआएको हुनाले परीक्षा दिन अयोग्य भएसगैँ यो वर्ष नुवाकोटबाट परीक्षा दिन योग्य विद्यार्थी सङ्ख्या चार हजार २ सय ९७ जना देखिएका छन् ।
नुवाकोटमा १४७ वटा विद्यालयबाट परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षा दिनको लागी २४ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । एक जना दृष्टिविहिन विद्यार्थी चण्डेश्वरी मावि तुप्चेमा अध्ययनरत रहेकाले सोही विद्यालयमा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
अघिल्लो वर्षको भन्दा यो वर्ष नुवाकोटमा परीक्षा दिन योग्य विद्यार्थीको सङ्ख्या ४९ जना बढेको पाइएको छ ।
नुवाकोटबाट परीक्षा दिनको लागी साधारणधार तर्फ ३ हजार ९५८ जना, प्राविधिक धार तर्फ १४९ जना र ग्रेडबृद्धि परीक्षातर्फ १९४ जनाले आवेदन फाराम भरेकाले त्यसमध्ये योग्य रहेका विद्यार्थीलाई परीक्षा दिनको लागी आवश्यक सबै तयारी पूरा सहित व्यवस्थित गरिसकेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख देवकुमार बरालले जानकारी दिनुभएको छ ।
24.44¡ÆC