त्रिशूली । नुवाकोटको किस्पाङ गाँउपालिकाले वडावडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र उपलब्ध गराउने क्रममा हिजो बुधबार वडा नं. २ फिकुरीमा शिविर सम्पन्न भएको छ ।
वडा नं. २ मा आयोजित शिविरमा १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको वडा नं. २ का वडाध्यक्ष बद्रीप्रसाद देवकोटाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण अन्तरगत निलो परिचयपत्र पाउने सङ्ख्या ४ जना रहेका छन् भने रातो, पहिलो र सेतो परिचयपत्र पाउने सङ्ख्या सम्मान ३–३ जना रहेका छन् ।

२ नं. वडा कार्यालयमा आयोजित अपाङ्गता परिचयपत्र वितरण शिविरमा विशेषज्ञ चिकित्सक, अपाङ्गता भएका व्यक्तिहरुको लागी क्रियाशिल रहेका संघसँस्था, गाँउपालिका र वडा कार्यालयको प्रतिनिधिको रोहबरमा अपाङ्गता वर्गिकरण गरेर परिचय पत्र उपलब्ध गराइएको हो ।
किस्पाङ गाँउपालिकाले यही आइतबारदेखि प्रत्येक वडामा शिविरको आयोजा गरेर अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गर्ने कार्यक्रम अन्तरगत यसअघि १, ३ ४ को सम्पन्न गरिसकेको थियो भने हिजो बुधबार वडा नं. २ को सम्पन्न भएसगैँ आज बिहीबार वडा नं. ५ को वडा कार्यालयमा शिविर आयोजना गरिएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद दंगालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार गाँउपालिकाको अध्यक्ष वीरबल तामाङ, उपाध्यक्ष अजुर्नप्रसाद न्यौपाने, गाँउपालिकाको महिला तथा बालबालिका शाखा सहित सम्बन्धित वडामा वडाध्यक्ष सहितको पदाधिकारीहरुको सक्रिय सहभागितामा शिविर सञ्चालन भइरहेको हो ।

28.4¡ÆC