नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

चैत्र १२, २०७९ मा प्रकाशित | 336 views

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

आइतवार आज सिंहदरबारमा रहेकाे गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उहाँलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गएकाे शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web