तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

चैत्र ११, २०७९ मा प्रकाशित | 327 views

काठमाडौँ । २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बुटवल देविनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा आज भएको फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी, गोलरक्षक, मध्यपङ्क्तिका खेलाडी, रक्षापङ्क्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web