३४ प्रतिशतभन्दा धेरै घरमा रेडियो

चैत्र ११, २०७९ मा प्रकाशित | 278 views

काठमाडौँ । नेपालमा ३४ प्रतिशतभन्दा धेरै परिवारले रेडियो सेट प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ३४ दशमलव २ प्रतिशत अर्थात् २२ लाख ८० हजार १२३ घरपरिवारमा रेडियोको सुविधा छ ।

यस्तै, ४९ दशमलव ४ घरपरिवारमा टेलिभिजन र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web