कुर्सी ठूलो होइन, काम ठूलो हो : मन्त्री किराती

फाल्गुन २९, २०७९ मा प्रकाशित | 273 views

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताउनुभएको छ ।

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आइतवार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा मन्त्री किरातीले भन्नुभयो, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण नागरिकले सजिलोसँग बुझ्नै पर्छ ।’

उहाँले मन्त्रालय नागरिकको हो भन्दै नागरिकसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । नागरिकको प्रगति नै देशको उन्नति हो भन्दै उहाँले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web