बझाङको चैनपुरमा नवजात शिशुको शव फेला

फाल्गुन १९, २०७९ मा प्रकाशित | 309 views

काठमाडौँ । बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेकाे बाहुँलीगाड किनारमा नवजात शिशुको शव फेला परेको छ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुकाे शव फाल्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web